Sunday, October 25, 2015

खेतमा बेवारिसे बम भेटियो

bomकञ्चनपुर, ८ कात्तिक । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–५ खजुवामा आज खेतमा बेवारिसे अवस्थामा बम फेला परेको छ ।

स्थानीय किसान दीपक भट्टको खेतमा बम फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

धान काटेको खेतमा फेला परेको बम द्वन्द्वकालमा छाडिएको हुन सक्ने प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो । बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...