Sunday, October 25, 2015

एक प्रहरी हबल्दारको रहस्यमय मृत्यु

रामपुर (पाल्पा), ८ कात्तिक । पाल्पा कारागारमा कार्यरत प्रहरी हबल्दार दिलबहादुर पाण्डेको रहस्यमय मृत्यु भएको छ ।

कारागारको सुरक्षार्थ ड्युटीमै खटिएको बखत आफूसँगै रहेको थ्री नट थ्री राइफलबाटै निस्केको गोली लागेर हबल्दार पाण्डेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

हबल्दार पाण्डेले आफैँ आत्महत्या गरेको हो या अन्य कुनै कारणबाट मृत्यु भएको भन्ने बारेमा शव परीक्षणपछि मात्र जानकारी हुने तिमिल्सिनाले बताउनुभयो ।

मृतक पाण्डेको घाँटीमा गोली लागेको र घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । अर्घाखाँची–९ आँपखोला घर भएका पाण्डे १५ दिनअघि मात्रै घर बिदाबाट दसैँका बेला ड्युटीमा खटिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...