Thursday, October 29, 2015

सशस्त्र प्रहरीद्वारा बारुदजन्य पदार्थ नष्ट

DSCN7289भद्रपुर, १२ कातिक । सशस्त्र प्रहरी कार्यालय भद्रपुरले ठूलो परिमाणमा बारुदजन्य पदार्थ भद्रपुर नगरक्षेत्रमा आज बिहान पक्राउ गरी नष्ट गरेको छ ।

नष्ट गरिएका सामानमा जगमग आठ हजार ८२० थान, खुर्सानी पटाका २०० पिस र पटाका १४७ पाकेट छन् ।

यसैगरी, भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएका २१७ जोर फुटबल जुत्ता, टिसर्ट २७२ थान चारआली क्षेत्रबाट आज बिहान पक्राउ गरी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक शान्ति कार्कीले जानकारी दिनुभयो ।

बरामद गरिएका सबै सामान करिब रु चार लाख मुल्यका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...