Thursday, October 29, 2015

बस दुर्घटनामा १० जना घाइते

accident-signकावासोती, १२ कात्तिक । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका वडा नं २ मा आज बिहान यात्रुबाहक बस अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा १० जना यात्रु घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौँका लागि गुडिरहेको ना४ख ७७१५ नंको यात्रुबाहक बस तीव्र गतिका कारण दुर्घटना परेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेको चितवन मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि बस चालक भने फरार रहेका छन् । चालीसजना सवार बसका अन्य यात्रुलाई प्रहरीले अर्को सवारीको व्यवस्था गरी काठमाडौँ पठाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...