Thursday, October 29, 2015

नव निर्वाचित राष्ट्रपति भण्डारीलाई अमेरिकाको बधाई

china-Speaker

काठमाडौ, १२ कार्तिक । नेपालकी नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त राज्य अमेरिकाले बधाई तथा सुभकामना दिएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जन कर्बीले भण्डारीको कार्यकालको सफलताको कामना गर्दै भण्डारीले नेपालको एकता, समृद्धि र स्थायित्वका लागि काम गर्ने विश्वास ब्यक्त गरे ।
उनले अमेरिका राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसँग नेपालको एकता, समृद्धि र स्थायित्वका लागि हातेमालो गर्दै काम गर्न तयार रहेको स्पष्ट पार्दै नेपाली जनतासँग काँधमा काँध मिलाएर प्रजातन्त्र र भूकम्पपछिको पुनः निर्माणका लागि अघि बढ्ने स्पष्ट पारे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...