Thursday, October 29, 2015

चर्चित कलाकारहरुको साथमा दशै तिहार धमाका हुने

china-Speakerएभरेष्ट टाइम्स

न्युयोर्क— रिज्युउड नेपाली समाजले दशै र तिहारको अवसर पारेर रिज्युउडमा आगामी सुक्रबार अक्टुबर ३० तारिख चर्चित कलाकारहरुको साथमा विजय दशमी तथा दिपावाली धमाका कार्यक्रम आयोजना गर्न लागेका छन । दशै र तिहारको शुभकामना आदानप्रदानसंगै आयोजना हुन लागेको कार्यक्रममा नेपालबाट आएका कलाकारहरु जितु नेपाल, निर्मली खडका, लोक दोहोरी गायक बद्री पंगेनी र शिला आलेको प्रस्तुती हुने भएको छ । समाजले हरेक वर्ष दशै र तिहारको अवसरमा विजय दशमी तथा दिपावाली सास्कृतिक कार्यक्रम आयोजना गदै आएको छ । यस पटकको कार्यक्रमबाट संकलन हुने रकम समाजको दुर्गा मन्दिर सञ्चालनका लागी खर्च गरिने समाजका महासचिव मिलन शाहीले बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...