Wednesday, October 28, 2015

वृद्ध मृत अवस्थामा फेला

परासी, १२ कात्तिक । नवलपरासीको सुनवलमा गएराति एक वृद्धको शव फेला परेको छ ।

अन्दाजी ७० वर्षीय वृद्धको शव सुनवल– १ चिनीमिलको ए गेट अगाडि फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रारम्भिक अनुसन्धानपछि परीक्षणका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

सुनवल क्षेत्रमा बस्दै आएका वृद्धको नाम, थर र वतन खुल्न सकेको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...