Monday, October 26, 2015

सभासद् यादवको घरमा बम फेला

bombसप्तरी, ९ कात्तिक । अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ ।

राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो ।

यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...