Monday, October 26, 2015

छाप्रोमा आगलागी हुँदा महिलाको मृत्यु

aaglaagiभक्तपुर, ९ कात्तिक । आफ्नै टहरामा लागेको आगोमा परेर भक्तपुरको नगरकोटमा एक वृद्धाको मृत्यु भएको छ ।

नगरकोट नगरपालिका–६ डाँडागाउँकी ८५ वर्षीया चम्पा पाण्डेको गएराति ८ बजे आफू बस्दै आएको छाप्रोमा आगो ताप्ने क्रममा आगलागी भएपछि जलेर ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

मृतक पाण्डेको भक्तपुर अस्पतालमा शव परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...