Wednesday, October 28, 2015

जनसम्पर्क समितिको शुभकामना कार्यक्रम

njss dashain sanjh 20

बाल्टिमोर,अमेरिका,अक्टुबर २५ | नेपाली जनसम्पर्क समिति अमेरिका,मेरिल्याण्ड च्याप्टरले दशै तथा तिहारको अवसर पारेर आईतवार यहाँ एक शुभकामना तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ । समितिका केन्द्रीय महासचिव मुनेन्द्र नेम्वाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना प्रदान गरेका थिए । च्याप्टर सभापति राज सेन्चुरीको सभापतित्वमा भएको कार्यक्रममा सहभागी सबैलाई उपसभापति यामनारायण अधिकारीले स्वागत गर्नु भएको थियो |

कार्यक्रममा जनसम्पर्क समितिका केन्द्रीय सदस्यद्वय गोपाल विश्वकर्मा र पविता परियार अतिथि रहेका थिए । यसैगरी न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुगांना,लङ्ग आईल्याण्ड च्याप्टरका महासचिव सुमन हुमागाई,नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहाल,समितिका पूर्व सदस्यहरु,च्याप्टरका पूर्व नेतृत्वकर्ताहरु अतिथिको रुपमा सहभागी थिए | कार्यक्रममा नेजाका अध्यक्ष गौतम दाहाल,समितिका न्यूयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना,प्रमूख अतिथि समितिका महासचिव मुनेन्द्र नेम्वाङ्ग लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो

च्याप्टरका महासचिव नेत्र केसीले संचालन गरेको कार्यक्रममा सभापति सेन्चुरीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए | कार्यक्रमको दोश्रो चरणमा समितिकी केन्द्रीय सदस्य समेत रहेकी गायिका पविता परियारसहित गायक श्याम गुरुङ र स्थानीय युवा प्रतिभाहरुले आ आफ्ना गीतमार्फत मनोरंजन दिलाएका थिए |

साभार:ग्लोब  नेपाल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...