Wednesday, October 28, 2015

टोरोन्टोको बहु सांस्कृतिक कार्यक्रम सम्पन्न

15102806DSC01954

टोरोन्टो, ११ असोज – टोरोन्टो पब्लिक लाइब्रेरीको पार्कड़ेल शाखा र स्थानीय कबाबायन कम्युनिटी सेन्टरको संयुक्त आयोजनामा टोरोन्टोमा बहु सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

तिब्बती समुदाएको बाहुल्यता रहेको जामिसन क्षत्रको टोरोन्टो पब्लिक लाइब्रेरी, पार्कड़ेल शाखाको सभा कक्षमा आयोजित उक्त कार्यक्रममा नेपाली समुदायको तर्फबाट बिनोद ढुंगाना र उत्तम माकजुको समूहले नेपाली लोकगीत रेशम फिरिरीलगायत अन्य गीतको साथैं  मादल, चाँप, गितार  एबम डफलीको शुरमा लोक धून प्रस्तुत गरिएको थियो।

स्थानिय समुदायमा रहेका बहु राष्ट्रिय र बहु जातिय संस्कृतिलाई प्रबर्द्दन को साथै परिचय दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा तिब्बती कलाकारले लोकबाजा दाइनेन बजायर गीत प्रस्तुत गरेका थिए भने क्यारेबियन समुदायको स्टील ड्रम को पनि प्रस्तुति रहेको थियो।

कार्यक्रममा कबाबायन कम्युनिटी सेन्टरका नबआगन्तुक बसोबास सल्लाहकार दीपक सापकोटाले स्वागत मन्तब्य व्यक्त गरेका थिए। टोरोन्टो पब्लिक लाइब्रेरी पार्कड़ेल शाखाका लाइब्रेरियन सराह एत्किन्सनले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए। कार्यक्रममा सहभागी सबैलाई धन्यबाद ब्यक्त गर्दै कबाबायन कम्युनिटी सेन्टरका कार्यकारी निर्देशक फ्लोरदेलिज डंदालले संस्थाले गरिरहेका नब आगन्तुक सेवा, युवा सशक्तिकरण, प्रौढ नागरिक सेवा लगायतका कार्यक्रम बारे अवगत गराएका थिए।

– See

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...