Tuesday, October 27, 2015

बलात्कारको आरोपमा युवक पक्राउ

rapeइलाम, ११ कात्तिक । बलात्कारको आरोपमा इलाम दानाबारी–९ का एक युवकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय रामकुमार राई रहेका छन् । सोही गाउँकी २६ वर्षीया युवतीलाई बलात्कार गरेर फरार रहेका राईलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले गाउँबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...