Thursday, October 29, 2015

ट्र्याक्टरले किचेर नाबालिकाको मृत्यु

tractorलहान, १३ कात्तिक । सिरहाको अर्नामा प्रपि गाविस– ३ ब्रह्मपुरीमा सडक पेटीमा खेल्दै गरेकी एक नाबालिकाको ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।

सिरहाको दक्षिणी सीमावर्ती तारापट्टि घर भई ब्रह्मपुरीस्थित मामाघर आएकी रामपुकार महराकी एक वर्षीया छोरी पूजाको सडक पेटीमा खेल्दै गरेको समयमा गएराति माटो बोकेर आउँदै गरेको ना५त १४८७ नं को ट्र्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृतक नाबालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । ट्र्याक्टर र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...