Friday, October 30, 2015

Untitledनेपाल पूर्व,दक्षिण र पश्चिमतिरबाट भारत र उत्तरमा चीनबाट घेरिएर रहेको एउटा भू-परिबेष्ठित मुलुक हो ।संसारकै ठूला एवं South एसियाका बिशाल मुलुकहरुको बिचमा हुनुले हाम्रो Area का हिसाबले सानो देश नेपालको भू-राजनीतिक स्थिति भिन्न प्रकारको छ ।नेपालको कुनैपनि घटनाले ति दुवै देश र ति देशहरुमा हुने कुनैपनि घटनाले नेपाल कुनै न कुनै रुपमा प्रभावित हुनु स्वाभविक हो ।त्यस्तै गरि त्यही आगोले सेक्छ , त्यहि आगोले पोल्छ भनेझैं कहिलेकाहीं ठाक्क-ठुक्क हुनु पनि अन्यथा नहोला ।तर कुनै पनि हिसाबले स्थिति बिग्रेर पर पुग्ने र सम्बन्धमा नै समस्या आउने स्थिति कदापी आउनु हुदैन। हो, भारतले हामीमाथिको परम्परागत हैकम सहितको सम्बन्ध कायम राख्न चाहन्छ र चीनले हिजोको सम्बन्धमा केहि ईंटा थपेर अल्लि अगाडी बढ्न चाहन्छ । ति आ-आफ्नो ठाउँमा ठिकै होलान तर हामी हाम्रो स्वाभिमान र राष्ट्रिय अखण्डतामा असर नपर्नेगरी कसरी देशको हितमा त्यो परिस्थितिको उपयोग गर्ने भन्ने सवाल आजको मुख्य बिषय हो । निहु र बहाना अहिले आयात निर्यात र व्यापारको छ तर सारमा शक्ति राष्ट्रहरुको नेपाललाई कसले धेरै उपयोग गर्ने भन्ने हो । भारत र चीन South एसिया हुदै संसारमा आफ्नो बलियो स्थान बनाउने अभियानमा छन् ।फरक राजनीतिक पृष्ठभूमि भएका यी दुई राष्ट्र नेपालमा हुने राजनैतिक , सामाजिक , आर्थिक लगायतका हरेक गतिविधिलाई आफ्नो अनुकुल बनाउन चाहन्छन । हिजोका दिनहरुमा यी सबालमा खुल्ला र सहज सिमाना तथा सामाजिक -साँस्कृतिक समानताका कारण नेपालमा भारतको एकलौटी अधिपत्य थियो ।भन्दा फरक पर्दैन जसले गर्दा हामीले आज हरेक खालको interfere बेहोर्नु परेको छ ।

हामी आपसी लाभ र समानताका आधारमा छिमेकी संगको सम्बन्ध कायम होस् भनेर जुर्मुराएका छौं तर भारत चाँही पुरानै सपना देखिरहेको छ ।मुलत : नेपाल र भारत बिचको समस्या यहि हो ।हारौँ हार्न मन छैन र “अहिले झुके कहिल्यै उठ्ने छैनौं , अहिले जुटे कहिल्यै झुक्ने छैनौं ” भन्ने कुराबाट हामी निर्देशित छौं र हुनु पनि पर्छ । भारत संग नजोडी स्वतन्त्र ढंगले आएका जुनसुकै नेपाली (हिमाली, पहाडी, मधेशी)का जायज माग पूरा हुनै पर्छ तर राष्ट्रिय स्वाधिनतामै आंच आउनेगरी भारतले उठाई दिएका कुरालाई कसरी नेपालीका जायज माग भन्ने ? नेपालीले आफ्नो अधिकार र मागको कुरा गर्दा चीन वा भारतसंग नजोडी गर्नु पर्दछ । यो हाम्रो घर भित्रको कुरा हो , हामीले नै मिलाउन सक्छौं ।बिदेशी वा छिमेकी जे भनौं , उनीहरुको हात माथि पर्नेगरी कुनै पनि लेनदेन नगरौं ।
हालको Silent Killer को रुपमा रहेको भारतीय आर्थिक नाकाबन्दीको कुरालाई व्यापारको इतिहासबाट हेर्नुपर्ने हुन्छ ।नेपालको अधिकांस बैदेसिक व्यापार भारतसंग हुनेगरेको इतिहास छ ।समुद्र पारका मुलुकरुसंगको व्यापार शुरु नहुदै त करिब करिब सय % व्यापार भारत एक्लैसंग हुन्थ्यो , १/२% चीनसंगको व्यापारलाई छाडेर , जसले गर्दा सबैभन्दा ठुलो बैदेशिक व्यापार घाटा थियो र छ। जबसम्म भारत संगको व्यापारमा कमि आई अन्य छिमेकी र समुद्रपारका मुलुकसंग व्यापार बढ्दैन तबसम्म नेपालको बैदेशिक व्यापार घाटा घट्दैन । अत: विकल्पहरु खोज्नैपर्छ तर बिस्तारै।चीनको पनि नेपालमा आफ्नो व्यापार बढाउने स्वार्थ रहेको छ , अहिले सहयोग गर्ने आश्वासनले धेरै चीनको गुनगान गाउनु जरूरी छैन ।दुवै तिर सन्तुलनको प्रयास गर्नुपर्छ ।वर्तमान South एसियाको व्यापार गतिबिधि भारत र चीनको तुलनात्मक रुपमा हेर्दा – सन् २००४ सम्म चीन बाहेक अन्य SAARC मुलुकमा भारतको व्यापार एकलौटी जस्तै देखिन्थ्यो ।सन् २००४ यता पाकिस्तान बाहेक अफगानिस्तान ,भुटान, नेपाल,मल्दिव्स ,बंगलादेश लगायतका देशमा भारत अगाडी नै रहेपनि चीन सशक्त रुपमा अगाडी आएको छ । SAARC मा मात्र नभई चीनले विश्व बजारमा आफ्नो सशक्त उपस्थिति जनाई सकेको छ ।पाकिस्तानमा भारतको चीनको तुलनामा नगन्य व्यापार रहिआएको छ । सार्क अन्तर्गत SAPTA र SAFTA बनाएर चीनको उपस्थितिलाई बन्चित गर्न खोजे पनि भारतीय प्रयास असफल प्राय भएको छ । हालै शक्तिमा आएको मोदी सरकारले छिमेकीहरुसँग सम्बन्ध सुधारेर व्यापार लगायतका सन्धि सम्झौता मार्फत अगाडी बढ्दै विश्व शक्ति राष्ट्रको हैसियतमा लाने रणनीति पनि असफल प्राय: बनेको छ ।भारतको हतार र चीनको मौन कुटिल होडबाजीको परोक्ष शिकार भू-राजनीतिका कारण नेपाल हुदै आएको छ ।यतिबेला हामी कसैको हतियार नबनी तिखो छेडछाड बाट होइन अत्यन्तै बुध्दिमत्तापूर्ण ढङ्गबाट आत्म-सम्मान सहितको फराकिलो दूरदर्शी एवं कुटनैतिक सम्बन्धको पहल जरूरी छ । हालको दैनिक उपभोग्य बस्तुहरुको अभाव क्षणिक र तत्कालिन कारण हो भने वर्तमान नेपालमा देखिएको हल्का राजनीतिक ध्रुविकरण लगाएतका कारणबाट छिमेकी मुलुकसंगको सम्बन्धमा पर्न सक्ने खराब असर प्रति राज्य संचालनको बागडोर लिनेहरु बिशेष र अन्य राजनीतिक शक्ति समेत सजग बनि समस्याको समाधान गर्नुपर्ने भएको छ । खबरदार !! अहम र अकर्मण्यताले देश शक्तिशाली छिमेकीहरुको रणभूमी नबनोस् ।नेपाललाई “साँधेको जुधाइ बाच्छाको मिचाई” बन्न नदेऊ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...