Friday, October 30, 2015

नेपालको प्रथम महिला सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यूलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना !!

लोunnamed

लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति पदमा निर्वाचित हुनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यू विद्या भण्डारीज्यूलाई अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको साझा संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा) को तर्फबाट हार्दिक बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौं ।

सम्माननीय राष्ट्रपतिज्यू,
मुलुकमा उत्पन्न राजनैतिक संक्रमणकाललाई छोट्याएर राष्ट्रिय एकता, सामाजिक सद्भाव, आर्थिक विकास र राष्ट्र पुनः निर्माणका लागि मार्ग प्रसस्त गर्नमा यहाँको उल्लेखनीय भूमिका रहोस् भन्ने कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौ ।

शिव विष्ट बिमल नेपाल
महासचिव अध्यक्ष

तथा सम्पूर्ण कार्य समिति परिवार
नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा)
मिति : २९ अक्टोवर, २०१५

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...