काठमाडौँ, ७ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँग आज भएको छलफलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले आन्दोलनका क्रममा एम्बुलेन्स तथा औषधि बोकेका साधनमा आगो लगाउने तथा तोडफोड गर्ने कार्य आफ्ना कार्यकर्ताले नगरेको भन्दै ती घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आयोगसँग आग्रह गरेका छन् । शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन बढेको भन्दै मोर्चाका नेताले समस्या यथाशीघ्र हल नभए सामाजिक सद्भावसमेत खलबलिन सक्नेतर्फ ध्यानाकर्षण गराए । सरकारले आफूहरुको मागलाई गम्भीर रुपमा नलिएको र कार्यसूचीबिना बैठकमा बोलाउँदा समस्या हल हुन ढिलाइ भएको भन्दै तत्काल सार्थक वार्तामा बोलाई समस्याको हल खोज्नुपर्ने मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो । आयोगका अध्यक्ष अनुपराज शर्माले प्रहरीले आन्दोलकारीलाई छाती र टाउकामा गोली हान्ने अधिकार कुनै पनि कानुनले नदिएको भन्दै स्थानीय प्रशासन ऐनअन्तर्गतको अधिकार प्रयोग गर्न तथा नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने बताउनुभयो । आयोगले विभिन्न जिल्लामा भएको घटनालाई गम्भीर रुपमा लिएको जानकारी दिँदै अध्यक्ष शर्माले सार्थक वार्ता गरेर समस्याको निकास खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस
Monday, November 23, 2015
प्रहरी कारवाहीमा कार्यकर्ता मारिएपछि मधेसी मोर्चाका नेता मानवअधिकार आयोगको शरणमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment