Saturday, November 21, 2015

संयुक्त राष्ट्रसंघका महासचिवको कदमको स्वागत !

NRNA logo

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपाल भारत सीमामा अत्यावश्यक सामानको ओसारपसार अवरुद्ध जारि रहेकोमा गहिरो चिन्ता ब्यक्त गदै आज नोवेम्बर २० मा निकाल्नु भएको बक्तब्य प्रति एनआरएन अमेरिका को ध्यान आकर्षण भएको छ l गैर आवासीय नेपाली सघं राष्ट्रिय समन्वय समिति अमेरिकाको संयोजनमा गत मंगलबार नोवेम्बर १७ तारिकका दिन न्युयोर्क स्थित संयुक्त राष्ट्र संघको प्रागणमा एक बृहत प्रदर्सन गरेको थियो l संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायलाई भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दीलाई तुरुन्तै हटाउन आग्रह गर्दै हामीले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुन लाई ज्ञापन-पत्र बुझाइएका थियौ l

उपरोक्त ज्ञापन-पत्रको अध्ययन पश्च्यात संयुक्त राष्ट्र संघको मुख्यालय ले ज्ञापन-पत्रमा समाबेस बिषयबस्तु को बारेमा हामी संग सोध खोज गरेको थियो l

हामी अमेरिकामा रहेका सम्पूर्ण गैर आवासीय नेपालीहरु तथा नेपालका शुभेच्छुकहरुको अनुरोध लाई मध्य नजर गरेर संयुक्त राष्ट्र संघका महासचिव ज्यू ले प्रकासित गर्नु भएको बक्तब्यको हामी हार्दिक स्वागत गर्दछौ l

नेपाल र नेपालीहरु ले सामना गरि रहेका यो विपद को घडी अन्त गराउनको लागि गरिएको अनुरोध प्रति महासचिबज्यूले देखाउनु भएको साहनुभुती को लागी हामी महासचिब ज्यू प्रति आभार ब्यक्त गर्दछौ l

महासचिब ज्यू ले “‘सबै पक्षलाई यो अबरोध अविलम्व हटाउन आग्रह गर्नु को साथै नेपालको निर्वाध पारवहन अधिकार रहेकोमा जोड दिनु ” भएको मा हामी एनआरएन अमेरिका को तर्फ बाट महासचिब ज्यू प्रति हार्दिक धन्यबाद ज्ञापन गर्न चाहन्छौ I

डा केशव पौडेल

अध्यक्ष

एनआरएन अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...