Tuesday, November 24, 2015

अञ्चल अस्पतालको सम्पूर्ण स्वास्थ्य सेवा ठप्प

downloadसप्तरी, ९ मङ्सिर । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्था दुई दिनदेखि लगातार पूर्ण रुपमा ठप्प छ ।

गत आइतबार अस्पतालमै प्रहरीले स्वास्थ्यकर्मीलाई कुटपिट गरेको भन्दै अञ्चल अस्पतालसहित जिल्लाका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएपछि सो अस्पतालमा दैनिक आउने बिरामीको बिचल्ली परेको छ ।

सप्तरीको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको सो अञ्चल अस्पतालमा गाउँ गाउँबाट दैनिक पाँच सयदेखि एक हजारसम्म उपचारका लागि बिरामी आउने गरे पनि दुई दिनदेखि अस्पताल बन्द भएका कारण बिरामी रित्तो हात फर्किन बाध्य छन् । साथै महँगो मूल्य तिरेर केही निजी क्लिनिकमा उपचार गराइरहेको बिरामीका कुरुवाले बताएका छन् ।

अस्पतालका सम्पूर्ण सेवा ठप्प भएपछि आउने बिरामी थप उपचारका लागि धरान र विराटनगर जानका लागि एम्बुलेन्ससमेत पाउन नसकेको स्थानीयवासी हरि यादवले गुनासो गर्नुभयो । स्वास्थ्यकर्मीले ल्याब, एक्स–रे, मात्र होइन कि केही निजी क्लिनिकसमेत बन्द गरेका छन् ।

स्वास्थ्यकर्मीलाई अस्पतालको हाताभित्र गत आइतबार प्रहरीले कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा दीपा यादवले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षक र प्रहरी नायब उपरीक्षकलाई निलम्बन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...