Wednesday, November 4, 2015

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

ambulanceदाङ, १९ कात्तिक । यहाँको स्वास्थ्य संस्थाले प्रसूति हुन आउने महिलालाई आउन जान निःशुल्क एम्बुलेन्स सेवालगायतका अन्य सेवा दिने गरेको छ ।

दाङको धनौरीमा रहेको स्वास्थ्य चौकीले नियमित गर्भवती जाँच गराउनुपर्छ तथा सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने उत्प्रेरणा जगाउन विभिन्न निःशुल्क सेवा दिने गरेको चौकीका इन्चार्ज वसन्त आचार्यले बताउनुभयो ।

त्यसैगरी संस्थाले गर्भवती जाँच गराउन आउने महिलालाई चार प्याकेट आयोडिनयुक्त नुन, सुत्केरी हुन आउने महिलालाई निःशुल्क खाजा, तीन र सात दिनमा स्वास्थ्यकर्मीद्वारा घरमै गएर सेवा दिने गरेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...