Wednesday, November 4, 2015

सीमा नाका झुलाघाटबाट लागुऔषधसहित एक पक्राउ

drugsबैतडी, १९ कात्तिक । प्रहरीले बैतडीको सीमा नाका झुलाघाटबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

झुलाघाटको झोलुङ्गेपुलमा गस्तीमा खटिएको प्रहरीले जाँचका क्रममा बझाङ देउलीकोटका प्रेम बोहरालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक धर्मानन्द भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो – “बैतडीबाट भारतको पिथौरागढ लैजाने क्रममा बोहराले लुकाइछिपाई राखेको अवस्थामा सीमा नाकाबाट अन्दाजी २०५ ग्राम चरेससहित पक्राउ गरिएको हो ।”

पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...