Wednesday, November 4, 2015

इलाका वन कार्यालयको भूकम्प प्रतिरोधात्मक भवन निर्माण

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १९ कात्तिक । म्याग्दीको ताकमस्थित इलाका वन कार्यालयको भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको छ ।

ताकम गाविस– ४ मा तालिम हलसहित चारकोठे पक्की भवन रु २९ लाखको लागतमा निर्माण भएको सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताउनुभयो ।

सहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङको प्राविधिक सहयोगमा भवन निर्माण गरिएको हो । कार्यालय यसअघि भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

जिल्ला वन कार्यालयअन्तर्गत रहेका आठवटा इलाका वन कार्यालयमध्ये अझै तीनवटा इलाका वन कार्यालयको आफ्नै भवन छैन ।

गत वर्ष बाबियाचौर इलाका वन कार्यालयको भवन निर्माण भएको थियो भने गत जेठमा बैसरीमा आएको पहिरोले बेग इलाका वन कार्यालय भाडामा बसेको घर पुरिएर क्षति पुगेको थियो । द्वन्द्वको समयमा क्षतिग्रस्त पाखापानी र घतान इलाका वन कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...