Wednesday, November 4, 2015

खतिवडा दम्पतीद्वारा १० लाखको जग्गा भजन मण्डलीलाई प्रदान

सुरुङ्गा (झापा), १९ कात्तिक । झापाको दुहागढी–९ का खतिवडा दम्पतीले स्थानीय भजन मण्डलीलाई रु १० लाख मूल्य बराबरको १० धुर जग्गा प्रदान गर्नुभएको छ ।

प्रगति टोलमा सञ्चालित नीलकण्ठ भजन मण्डलीलाई मन्दिर निर्माणका लागि दीपक–कल्पना खतिवडाले उक्त जग्गा प्रदान गर्नुभएको हो ।

जग्गादाताले कल्पना खतिवडाको नाममा रहेको २२ धुर जग्गामध्ये पुष्पलाल मार्गले छुने ३६ फुट मुख रहेको १० धुर जग्गा बुधबार नै पास गरिदिएको भजन मण्डलीका अध्यक्ष इन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...