Tuesday, November 3, 2015

ताप्लेजुङमा भिडन्त, एकको मृत्यु

Taplejung_district_locationताप्लेजुङ, १७ कत्तिक । प्रहरीको सर्वाधिक खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समुह र प्रहरीबीच आज साँझ ताप्लेजुङको सान्थाक्रामा भएको दोहोरो भिडन्तमा एकजनाको ज्यान गएको छ ।

दोहोरो भिडन्तमा दुई प्रहरी सामान्य घाइते भएका छन् ।

आज साँझ करिब ५ बजे जिल्लाकै सान्थाक्रा–६ मा आपराधिक समूहको खोजीमा खटिएको प्रहरी टोलीमाथि हाराहाङसहितको चार÷पाँचजनाको समूहमा रहेको आपराधिक समूहले गोली प्रहार गरेपछि दोहोरो भिडन्त भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

भिडन्तका क्रममा प्रहरीको गोली लागी अपराधिक समूहका एकजनाको घटनास्थलनमानै मृत्यु भएको र उनको साथबाट समिर लिम्बु नाम गरेको नागरिकता फेला परेको कोइरालाले जानकारी दिनुभयो ।

घटनास्थलबाट प्रहरीले सकेटबम, पाइप बम, कम्ब्याट ड्रेस, बारुद, बिजुलीको तार, रु १४ हजार, व्याट्री चारथान र झोला फेला पारेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...