Tuesday, November 3, 2015

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

accident-signपोखरा, १७ कात्तिक । पोखराको हेम्जास्थित प्रगतिचोकमा ट्याक्सी र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

कास्कीको नाउडाँडाबाट पोखरातर्पm आइरहेको ग १ ज ११६८ नम्बरको ट्याक्सी र पोखराबाट हेम्जातर्पm गइरहेको ग ८ प २७६८ नम्बरको मोटरसाइकल आज एक आपसमा ठोक्किँदा पोखरा–२७ हेम्जाका २७ वर्षीय कृष्णप्रसाद त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक त्रिपाठीको उपचारका लागि पोखरा ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...