Monday, November 30, 2015

चिमोटेर पनि पुरस्कार ?

Ram C Sharma (2)

यौटा यो घटना बितेछ यसरी दरबारमा एकदिन
बिरबल, रानी र बाद शाह अकबर तिनै जना एकछिन

जान्छन घुम्न संगै डुलेर उपबन रानी अगाडी भई
बिरबल बीच बसे पछी पछी हिंडे राजा खुशीले गइ

राजाका मनमा संधै जसरि नै बिरबल पखाल्ने कुरो
उठ्दा एकछिन सोची कम्मर महा चिमोटीदे भै शुरो

रानीलाई चिमोटी लिन्छु बदला ठानेर उनले लिए
प्रत्युत्पन्न मति थिए ति बिरबल जवाफ यसको दिए

रानी रंजित भै मुहार हँसिलो रिसले अति लाल भयो
फर्किन झट्ट पछाडी बीरबलको गालामा थप्पड गयो

के गर्छस अब हे बिमुढ़ ! बिरबल सोची बस्यो एकछिन
फर्क्यो तत्क्ष्ण बादशाह पटि नै कसेर झापड दिन

राजा क्रुद्ध भएर झापड लिइ भन्छन कि हे बीरबल
तिम्रो साहस दण्डनीय ,कसरी सक्यौ प्रयोग गर्न बल

उत्तरमा बिरबल गमेर मनमा जवाफ यो गर्दछन
हे सम्राट! म ता हुलाकी बिचमा जो कोहि भर पर्दछन

जे शन्देस हजुरले दिन भनि साम्राज्ञीका बाहुमा
प्रेषित गर्नुभयो प्रत्युत्तर पनि फर्केछ त्यै नाउमा

टक्र्याए खुशीले म गदगद भए सेवा गरे ज्यानले
बक्सियोस इनाम भारि अब ता बस्छु म ता ज्ञानले

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...