Monday, November 30, 2015

स्रष्टा संस्थाहरूको भेला सम्पन्न

नेपाली साहित्यका क्षेत्रमा क्रियाशील करिब डेढ दर्जन संस्थाहरूको भेलाले देशको विषम परिस्थितिकाबारे छलफल गर्दै आसन्न समस्याको समाधानका लागि निकट भविष्यमैं स्रष्टाका सार्वभौम स्वरहरू अभिव्यक्ति कार्यक्रम गर्ने, प्ले कार्ड र व्यानरको प्रर्दशनी गर्ने तथा ज्ञापन–पत्र मार्फत सम्बोधन गर्ने भएका छन् ।

यसैगरी दुवै मृगौला खराब भई उपचार गराइरहनु भएका गरिमाका सम्पादक तेजकुमार श्रेष्ठलाई आर्थिक सहयोग जुटाउनेसमेत निर्णय गरेका छन् । यसैगरी साहित्यिक कार्यक्रम एउटै मिति र समयमा नजुधोस् भन्नका लागि आपसी सहमतिसमेत गरेका छन् ।

कार्यक्रममा अनेसास नेपालका अध्यक्ष राधेश्याम लेकाली, गुञ्जन अध्यक्ष गीता केशरी,नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोक, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिहं, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, सामाखुशी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारी, बन्दीपुर वाङ्मय प्रतिष्ठानका भीष्म श्रेष्ठ, मनमती साहित्य समाजका श्रीधर पौडेल, अनुपम सिर्जना प्रतिष्ठानका जगदीश्वर पोखरेल, भक्तपुर साहित्य समाजका जितेन्द्र रसिक, बोष्टर मिडियाका मुकुन्द ढुङ्गाना, हितप्रसाद उपाध्याय जुनुमाया सुवेदी साहित्य प्रतिष्ठानका अशोक सुवेदी संसाक मसिकका उमेश पाण्डेलगायत साहित्यक पत्रकार संघ, दायित्व वाङ्मय प्रतिष्ठान, महिला सञ्चार समूह आदिको उपस्थिति र सहमतिमा उल्लिखित निर्णयहरू गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...