Wednesday, November 25, 2015

हजमा हराएका कूटनीतिज्ञको शव फेला

तेहरान (इरान), ९ मङ्सिर । हज यात्रीको भागदौडमा परी हराइरहेका भनिएका इरानका वरिष्ठ कुटनीतिज्ञको शव भेटिएको इरानका सञ्चारमाध्यमले जनाएका छन् ।

साउदी अरेबियामा हज यात्राका लागि पुगेका करिब दुई हजार २०० मानिसको गएको सेप्टेम्बरमा भएको भागदौडपछि मृत्यु भएको थियो ।

साउदी अरबमा भागदौडपछि लेबनानका लागि इरानी भूतपूर्व राजदूत घाजानफार रक्नावादी हराइरहनु भएकोमा यहाँस्थित एक शवको डिएनए परीक्षणपछि पत्ता लागेको हो ।

इरानका सञ्चारमाध्यमले उहाँको अपहरण गरी हत्या गरेको हुनसक्ने बताएका छन् ।

रक्नावादीका ४९ वर्षीय भाइ मोरटेजाले आफ्ना दाजु उक्त भागदौडका बेला साउदी अरबमा भएको बताउँदै मृतक शरीर आफ्नै दाजुको भएको बताएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

रक्नावादीको मृत शरीरलाई बिहीबार स्वदेश ल्याइने पनि भाइ मोरटेजाले बताउनुभयो ।

इरानले वरिष्ठ कुटनीतिज्ञ रक्नावादी कसरी र कहिले मृत्यु भएको थियो भन्नेबारे विस्तृतमा नजनाएको तेहरान स्थित एएफपी संवाददाताले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...