काबुल, ९ मङ्सिर । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकी चालकरहित विमान आक्रमणमा कम्तीमा दुई आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानको प्रतिरक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकाको सो हवाई आक्रमणमा गोस्ता जिल्लाका तालिवानका गभर्नर र उनका सहयोगीको मृत्यु भएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
गत २४ घण्टामा तालिवान आतङ्ककारीले गरेको विभिन्न आतङ्ककारी आक्रमणमा दुई सेनाको पनि मृत्यु भएको मन्त्रालयले बुधबार बिहान सबेरै पुष्टि गरेको छ ।
पाँच तालिवान पक्राउ
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार लोगार प्रान्तको खोसी जिल्लामा अफगान सुरक्षाबलले जारी गरेको कारबाहीको क्रममा तालिवानका एक जिल्ला गभर्नरसहित पाँच तालिवान आतङ्ककारी पक्राउ परेका छन् ।
सरकारका प्रान्तीय गभर्नरले सहिम सलेह बुधबार सो जानकारी दिएका छन् । पक्राउ परेका तालिवान आतङ्ककारीहरुमा जिल्ला गभर्नर मुल्लाह हमिदुल्लाह र स्थानीय तालिवान नेता अलाम जान रहेका सलेहले सिन्ह्वा समाचार समतिलाई बताउनु भएको छ ।
केही दिनयता तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई ठूलो सफलता भएको पनि अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका र बाँकी रहेका सैनिकले पनि तालिवानसँग युद्धभूमिमा गएर युद्ध नगर्ने निर्णय गरेका छन् ।
सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ
पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।
उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको समाचारमा उल्लेख गरिएको छ ।
No comments:
Post a Comment