Wednesday, November 25, 2015

गाउँलेको लगानीमा कृषि सडक

सल्यान, १० मङ्सिर । धनवाङ गाविसका बासिन्दाले आफ्नै लगानीमा कृषि सडक निर्माण गरेका छन् ।

विकासका लागि अरूको भर पर्दा पछाडि परेको भन्दै धनवाङ–५ खसटोलका बासिन्दाले आफ्नै लगानीमा करिब दुई किमी सडक निर्माण गरेका हुन् । गाउँमा रहेका ५६ घरधुरीले दरिखोलादेखि बैँसरीसम्म जोड्ने मोटर बाटो निर्माण गरेर गाउँमै गाडी पु¥याएको निर्माण समितिका अध्यक्ष गोविन्द रावतले जानकारी दिनुभयो ।
कृषि सडक बनेपछि गाउँमा उत्पादन हुने अदुवा, सुन्तला, टिमुर, तरकारी लगायत उत्पादन बजारसम्म पु¥याउन र बजारबाट दैनिक उपभोग्य सामान ल्याउन सजिलो हुने भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...