Wednesday, November 25, 2015

विज्ञापन एकद्वार बनाउने सहमति

बागलुङ, १० मङ्सिर । सरकारी कार्यालयका सूचना र विज्ञापन एकद्वार प्रणालीमा ल्याई वितरण गर्न सबै सञ्चारमाध्यम सहमत भएका छन् ।

सरकारी र सार्वजनिक सूचनामा सबै सञ्चारमाध्यमको समान पहुँच वृद्धिका लागि यस्तो सहमति बनेको हो । सहमतिसँगै नेपाल पत्रकार महासङ्घ बागलुङको पहलमा विज्ञानपनलाई एकद्वार बनाउने बाटो खुलेको छ ।

महासङ्घको अगुवाइमा बसेको सञ्चारमाध्यमका सञ्चालकको बैठकमा सहमति जुटेको महासङ्घका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।

सरकारी कार्यालयका सूचना र सञ्चारको क्षेत्रमा विनियोजित बजेट पत्रकार महासङ्घको डालो कोषमा ल्याउन सबै सञ्चारमाध्यम तयार रहेको उहाँले जानकारी दिनुभयो । महासङ्घमा सङ्कलन हुने विज्ञापन–बजेट वितरणलाई व्यवस्थित गर्न अध्यक्ष राजभण्डारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...