काठमाडौं, १८ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए)को प्रवक्तामा रञ्जु थापा चयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय पदाधिकारी बैठकले पूर्व–सचिव थापालाई प्रवक्तामा चयन गर्ने निर्णय गरेको हो । एनआरएनए आन्दोलनमा खटेका सम्पूर्ण अभियन्तालाई कसैलाई काखा र कसैलाई पाखा नगरिने भन्दै नबनिर्वाचित पदाधिकारीको बैठकले सो निर्णय गरेको स्रोतले बतायो । राजधानीमा भएको एनआरएनको बिश्व सम्मेलनमा थापा महासचिब पदमा पराजित हुनुभएको थियो । संस्थापक अध्यक्ष उपेन्द्र महतोको पुरानो मान्यता अनुसार नै एनआरएनएमा निर्वाचन हार्नु र जित्नु ठूलो कुरा नभएको भन्दै सबैलाई समेट्ने हिसाबले थापालाई प्रवक्तामा नब–निर्वाचित अध्यक्ष शेष घलेले नै प्रस्ताव गरेका हुन् । अष्ट्रेलियामा क्रियाशील रन्जु थापा एनआरएनए अभियानमा चर्चित नाम हो । उनलाई आउने नोभेम्बर १४ मा बस्ने समितिको पूर्णबैठकले अनुमोदन गर्ने जनाइएको छ । पछिल्लो समय नेपालमा पनि सभामुख, राष्ट्रपति लगायतका पदमा महिलाहरुको बर्चस्व रहदै आएकोमा एनआरएनए अभियानको पहिलो महिला प्रवक्ता रन्जु थापा वाग्ले बन्ने छिन ।
Wednesday, November 4, 2015
एनआरएन प्रवक्तामा रञ्जु थापालाई नियुक्त गर्ने निर्णय
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment