Wednesday, November 4, 2015

प्रेमिकालाई प्रेमीले दिए यस्तो धोका, आयो ‘बार बार’ याद (भिडियो सहित)

ranju-wagle-thapaकाठमाडौं । नेपाली सुगम संगीतमा गायिका सहिमा श्रेष्ठ चर्चित छिन् । हेरेको हेरेकै हुन्थे होला बोलको गीत गाएपछि चर्चामा आएकी सहिमा अहिले गायनसँग मोडलिङमा पनि व्यस्त छिन् । सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार बार जसले दिलमा’ बोलको गीत सुन्दा उत्तिकै कर्णप्रिय लाग्छ । यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । छायांकन भएको लामो समयपछि यो गीतको भिडियो सार्वजनिक गरिएको हो । समन अधिकारीले निर्देशन गरेको भिडियोमा एक प्रेमीले दिएको पीडाबाट छटपटाएकी प्रेमिकाको कथा समावेश छ । गीतको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ । भिडियोमा गायिका सहिमा श्रेष्ठले आफै मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा पहिलो पटक रंग पत्रकार विजय सुवेदी‘आवाज’ले काम गरेका छन् । भिडियोमा प्रेममा चुर्लुम्ब डुबाएर प्रेमिकालाई छाड्ने यूवकको भूमिका पत्रकार आवाज देखिएका छन् । विजय भन्छन्–‘गीतको शब्द, सहिमाको आवाज र निर्देशकको कन्सेप्ट मनपरेपछि मैले काम गरेको हुँ ।’ विजयले आफूलाई धेरै भिडियो भन्दा पनि राम्रो भिडियोमा काम गर्ने इच्छा रहेको बताए ।

हेर्नुस् भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...