Wednesday, November 4, 2015

दक्षिण सुडानमा विमान दुर्घटनामा करिब ४० को मृत्यु

sudanजुबा (दक्षिण सुडान), १८ कात्तिक । दक्षिण सुडानमा बुधबार भएको एक विमान दुर्घटनामा करिब ४० जनाको मृत्यु भएको समाचार छ ।

सुडानको राजधानी जुबाबाट उडेको केही समयमै ह्वाइट नाइल नदी नजिकैको पहाडमा ठोक्किएपछि दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना क्षेत्र यहाँको ग्रामीण क्षेत्रको बसोबास भएको ठाउँ भएकाले विमान दुर्घटनामा गाउँलेहरु पनि परेको हुनसक्ने आशङ्का भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी जुबा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट करिब ८०० मिटरमा दुर्घटनाग्रस्त भएको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालन गरिएको रेडियो मारियाले जनाएको छ ।

रेडियोका अनुसार यात्रारत करिब ४० जनाको मृत्यु भएको छ भने तीन जना बाँच्न सफल भएको बताइएको छ । बाँच्न सफल उनीहरु पनि गम्भीर रुपमा घाइते भएको यहाँस्थित एएफपी रिपोर्टरले जनाएका छन् ।

विमानको भग्नावशेषबीच अरू पनि मानिस घाइते अवस्थामा भएको आशङ्कामा उद्धार कार्य जारी राखिएको छ ।

मृतकका शरीरलाई पनि दुर्घटनास्थलबाट बाहिर निकालिएको राष्ट्रसङ्घको व्यवस्थापनमा सञ्चालित रेडियोले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...