Wednesday, November 4, 2015

आपूर्ति असहजता चाँडै हट्छ: मन्त्री पुन

Ganeshman-Punकाठमाडौँ, १८ कात्तिक । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले आपूर्तिमा देखिएको असहजता चाँडै हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उपभोक्ता हित तथा संरक्षण मञ्चसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले नाकाबन्दीले नेपालको आपूर्ति व्यवस्थामा प्रतिकूल असर पारेको भन्दै त्यसको समाधानका लागि कूटनीतिक पहल भइरहेको बताउनुभयो ।

मधेस आन्दोलन वार्ताको माध्यमबाटै समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।

मञ्चका अध्यक्ष ज्योति बानियाँले अघोषित नाकाबन्दीका कारण उत्पन्न सङ्कट हटाउन मन्त्री पुनको ध्यानाकर्षण गर्नुभएको थियो ।

यसैगरी केन्द्रीय गलँैचा उद्योग सङ्घ नेपालका पदाधिकारीहरुले आजै मन्त्री पुनलाई भेटी भूकम्प प्रतिरोधात्मक कारखाना निर्माण गर्न चाहने उद्यमीलाई सहुलियतको व्यवस्था गर्र्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गलैँचा मेलामा सहभागी हुने व्यवसायीका लागि स्टल, भाडालगायतमा सहुलियत उपलब्ध गराउन र निर्यातमा नगद प्रोत्साहनको रकम १० प्रतिशतले वृद्धि गर्न माग गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...