Wednesday, November 4, 2015

ठक्करबाट बालकको मृत्यु

धनगढी, १८ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लालपुर सडकखण्डमा भे२प ३७३७ नं को मोटरसाइकलको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले अत्तरिया नगरपालिका–५ लालपुर गाउँका १२ वर्षीय नीतेश सुनारको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जनाएको छ ।

ठक्करबाट घाइते बालकको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको हो ।

गुडिरहेको मोटरसाइकल अगाडि बालकले अचानक बाटो काट्न खोज्दा उक्त दुर्घटना हुन पुगेको बताइएको छ ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...