Sunday, November 1, 2015

नेपाल कब्जा गर्ने भारतको खेल !

rohit1भक्तपुर, १५ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नाकाबन्दी गरेर नेपाल कब्जा गर्न खोजेको बताउनुभएको छ ।

रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतको नाकाबन्दी नेपालको संविधानमा हेरफेर गरेर नेपालको मुख्य पदमा भारतीयलाई पुर्‍याएर कब्जा गर्न खोजेको बताउनुभयो ।

तराईलाई आफ्नो स्प्रिङबोर्डका रुपमा प्रयोग गरेर भारतले नेपालको सिंहदरबार कब्जा गर्न खोजेको उहाँको भनाइ थियो ।

सरकारले चीनसँग अनुदानका रुपमा मात्र इन्धनको माग गरेर सीमित रहन नहुने बताउँदै उहाँले नेपालले न्यूनतम पाँच वर्षसम्मका लागि अर्को सम्झौता नगरे इन्धनको समस्या दीर्घकालीन रुपमा रहने बताउनुभयोे ।

पाँच वर्षसम्मको सम्झौता नगरिए पाइपलाइन बिस्तारमा चीनले आफ्नो लगानी नगर्ने सम्भावना अत्यधिक रहेको उहाँले बताउनुभयो ।

नेपाली राजनीतिमा नयाँ समीकरण र नयाँ धु्रव्रीकरण देखापरेको चर्चा गर्दै उहाँले नेपाली काँग्रेस अब प्रतिपक्षमै बसेर वर्तमान सरकारका गलत कामलाई रोक्ने र राम्रा कामलाई साथ दिए देशले परिवर्तनको महसुस गर्ने बताउनुभयो ।

नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको एकताको विषय हल्लामात्रै भएको भन्दै बिजुक्छेले यो राष्ट्रियतासँग जोडिएको तर राष्ट्रिय सरकारको एकतामात्र भएको दाबी गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...