Sunday, November 1, 2015

झापामा सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

accident-signसुरुङ्गा (झापा), १५ कात्तिक । झापाका विभिन्न स्थानमा आज भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँचथरको रवि–७ निवासी ४६ वर्षीया मणिकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९५५ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को १८ प १४५५ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत धरमपुर चोकमा ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोटरसाइकलको पछाडि सवार दमक–१ निवासी ३६ वर्षीया लक्ष्मी राई गम्भीर घाइते भएकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...