Monday, November 30, 2015

ठगी भएको मृतकको बिमा रकम फिर्ता

काँकडभिट्टा (झापा), १५ मङ्सिर । झापाको कनकाई–६ चम्पापुरका जङ्गबहादुर राजवंशीबाट मृतकको बिमा रकममा ठगी भएको रु एक लाख फिर्ता गराएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता राजवंशीले मृतकको बिमा रकममा ठगी गरेको थाहा भएपछि पेसागत बिमा अभिकर्ता सङ्घ झापाको पहलमा आइतबार रकम फिर्ता गराएको सङ्घ झापाका अध्यक्ष शिवबहादुर कटुवालले बताउनुभयो ।

वैदेशिक रोजगारीका सिलसिलामा मृत्यु भएका कनकाई–३ का नन्दलाल घिमिरेको परिवारले प्राइम लाइफ इन्स्योरेन्सबाट म्यादी बिमाबापत पाउने रु पाँच लाख ५० हजारमध्ये रु एक लाख राजवंशी आफैँले झुक्याएर लगेको मृतकका भाइ जीवन घिमिरेले बताउनुभयो ।

यसैबीच पेसागत अभिकर्ता सङ्घले राजवंशीको लाइसेन्स खारेज गर्ने जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...