Monday, November 30, 2015

बसको ठक्करबाट एकको मृत्यु

Road Accidentसुरुङ्गा (झापा), १५ मङ्सिर । झापाको मेची नगर नगरपालिकामा गएराति भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका– १ निवासी ४१ वर्षीय तारा गुरुङ रहेका छन् । मे६प ७३५६ नंको मोटरसाइकलमा सवार उनलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको को१ख ३०७५ नंको बसले ठक्कर दिएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...