Tuesday, December 1, 2015

झापाली अञ्जली उत्कृष्ट १२ मा

Captureझापा बुधबारे–७ की अञ्जली माझी हिमालय टेलिभिजन प्रसारण भइरहेको राष्ट्रियस्तरको एकल नृत्य प्रतियोगिता लेट मि डान्स नेपाल रियालिटी शोको उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । सर्वाधिक भोटसहित उनी उत्कृष्ट १२ मा परेकी हुन् । सानैदेखि नृत्यमा रुचि राख्ने उनी झापा बिर्तामोडमा भएको अडिसन राउन्डबाट छानिएकी हुन् ।

उनी नेपालभरका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १२ मा पर्न सफल भएकी हुन् । झापा एपीएस डान्स स्टार र पूर्वाञ्चल एकल नृत्य डान्स स्टारको उपाधि जित्न सफल उनी नेपालकै डान्स स्टार बन्न यो प्रतियोगितामा सहभागी भएको बताउँछिन् ।

बिर्तामोडको प्रोभिडेन्स कलेजकी विद्यार्थी रहेकी उनले युनिक कला केन्द्र चारआलीमा सुरुवाती नृत्य प्रशिक्षण लिएको उनका बुबा लोकबहादुर माझीले बताए । प्रतिभाशाली नृत्याङ्गना माझीले भोट गरी आफूलाई विजयी बनाइदिन नृत्यप्रेमीहरुमा अपिल गरेकी छिन् ।

उनले भनिन्, ‘तपाईंको एक भोटले मेरो प्रतिभाले ठूलो मौका पाउन सक्नेछ ।’ यसअघि आफूलाई भोट गरी सर्वाधिक भोट दिलाएकोमा उनले सम्पूर्ण भोटकर्तालाई धन्यवाद दिएकी छिन् । उनले भनिन्, ‘निरन्तर भोट गरी विजयी बनाउन सहयोग गर्नु हुन म सम्पूर्ण नृत्यप्रेमीलाई हार्दिक अनुरोध गर्दछु ।

उनलाई भोट गर्न LMD <space> 11 type u/‌L 3001 df Massage सेन्ड गर्न सकिनेछ । साथै, अनलाइन मार्फत् पनि भोट गर्न सकिनेछ । अनलाइन भोटिङका लागि यो लिंकबाट जान सकिनेछ: Click here for voting । सो रियालिटी शो हिमालय टेलिभिजनबाट शनिबार राति ८ः०५ बजे र आइतबार बिहान ११ बजे प्रसारण हुँदै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...