Monday, November 30, 2015

नेपालीले फ्रान्सका सभा प्रमुखलाई भारतले लगाएको नाकाबन्दी बिरुद्ध ज्ञापन पत्र बुझाए

 

france 1भारतले नेपाल माथि लगाएको अघोषित नाकाबन्दी बिरुद्ध विश्व ब्यापी रुपमा व्यापक बिरोध भै रहेको अवस्थामा फ्रान्समा रहेका नेपाली मुलक समुदायले फ्रान्सका सांसदका अध्यक्ष (सभा प्रमुख्)समक्ष ज्ञापन पत्र बुझाएका छन l

भारतको अव्यवहारिक र पारबहन सन्धि बिपरित नाकाबन्दीलाई विश्व ब्यापी रुपमा जनचेतना फैलाउने हेतुले फ्रान्सका सांसदका अध्यक्ष क्लाउड बर्टोलोन लाई भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी बिरुध्द ज्ञापन पत्र नेपाली समुदाएको तर्फ बाट बुझाईएको जानकारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समान्वय समिति फ्रान्सका पूर्व अध्यक्ष निर्मल अर्यालले अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़लाई जानकारी गराए l

यसै गरि फ्रान्सकी सांसद एलिजाबेथ गुइगुलाई समेत जानकारी गराईएको अर्यालले बताउदै फ्रान्समा अहिले संकटकालको अवस्था भएकोले जुलुस प्रदर्सन गर्न नसकिने भएकोले फ्रान्सका सांसदका अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको बताए l जन्म भुमि रोई रहेको अवस्थामा अर्यालले विश्व कुटनीतिमा प्रभावशाली देश फ्रान्सको संसद सभामुखको ध्यानाकर्षण गराई सहयोगको ज्ञापन पत्र बुझाएका छन् l

ज्ञापन पत्रमा भूकम्प बाट तहस नहस पारेको र नया संबिधान जारि गरेर देशले विकास निर्माणमा द्रुत गतिमा लाग्ने समयमा छिमेकि राष्ट्र भारतले मानवता र अन्तर्राष्ट्रिय नियम नीति बिरुद्ध नेपालमा अघोषित नाकाबन्दी गरेकोले फ्रान्सको कुटनैतिक तवरले नाकाबन्दी खुलाउन सहयोग गर्न अनुरोध गरेको बताएका छन् l

नेपाली समुदायको अनुरोधमा सांसद र सभाध्यक्ष दुबैले ध्यानपूर्वक छलफल गरेका थिए l वहाहरुले नेपाल भूकम्प पछिको वातावरण सम्बन्धि चासो दिएर केहि जिज्ञासा राखेका थिए l संसदको नेपाल फ्रान्स मैत्री समुहमा सर सल्लाह गरेर फेरी भेट्ने वाचा गर्नुका साथै सहानुभूति प्रकट गर्दै आवस्यक निकाय तथा पदाधिकारीहरु संग छलफल गरेर नेपाललाई के कस्तो सहयोग गर्न सकिन्छ भनि विचार राखेका थिए l

अर्याल आफु बसेको शहरको नगर पालिका अन्तर्गत बिदेशी मूलका नागरिकहरु को हक र हितको लागि समेत सहयोग गर्ने समितिको अध्यक्ष समेत भएर काम गरि सकेका छन् l

france 2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...