Saturday, November 28, 2015

सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गर्ने युवक जेल चलान

rapeखोटाङ, १२ मङ्सिर । सुस्त मनस्थिति भएकी युवतीलाई बलात्कार गर्ने खोटाङका एक युवक जेल चलान भएका छन् ।

सुस्त मनस्थिति भएकी १८ वर्षीया युवतीलाई बलात्कार गर्ने हौंचुर–४ का ‘शंकर’ भनिने २० वर्षीय शेखरबहादुर नेपाल जेल चलान भएका हुन् ।

गत कात्तिक–१५ गते राति सुतीरहेकी युवतीलाई जबरजस्ती गर्ने नेपाललाई जिल्ला अदालतको आदेशमा शुक्रबार जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।
बलात्कृत युवतीलाई जिल्ला अस्पताल खोटाङमा उपचारपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

उनको अवस्था सामान्य बन्दै गएको आफन्तले बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts