Saturday, November 28, 2015

वैकल्पिक मार्ग तत्काल सुधार गर्न पहल गर्छु: नेपाल

madhav-nepalगाईघाट (उदयपुर), १२ गते मङ्सिर । नेकपा (एमाले)का माधवकुमार नेपालले सुनसरीको चतराबाट गाईघाट–सिन्धुली–हैटौँडा हुँदै राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्ग तत्काल सुधार गर्नका लागि सरकारसँग आफूले पहल गर्ने बताउनुभएको छ ।

शुक्रबार सुनसरीको चतराबाट यहाँ आइपुग्नु भएको नेता नेपालले भन्नुभयो, “वैकल्पिक राजमार्ग सुधार गर्न तत्काल ग्राभेलिङ गर्ने र खाल्डाखुल्डी पुर्नेतर्फ सरकारको ध्यान आकर्षण गराएर चार महिनाभित्र यस मार्गको द्रुततर रुपमा स्तरोन्नति गराउनेतर्फ पहल गर्ने छु ।”

यस्तै वैकल्पिक मार्गलाई तीन लेनको मार्ग बनाउनका लागि पनि तत्काल आफूले पहल गरेर सो मार्गलाई बहुप्रतिष्ठित योजनामा लाने आश्वासनसमेत नेता नेपालले दिनुभयो । अब पूर्वी क्षेत्रको जनताले राजधानी काठमाडौँ जान दुःख नपाउने गरी आफूले यो मार्ग सुधारको अभियान थालेको नेता नेपालले बताउनुभयो ।

केही महिनाअघिदेखि तराईको मार्ग बन्द भएपछि अहिले पूर्वी क्षेत्रका अधिकांश यातायात सो वैकल्पिक मार्गबाट जोखिम मोलेर सञ्चालन हुँदै आउनुपरेको बाध्यता रहेको यस क्षेत्रका जनता बताउँछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...