Saturday, November 28, 2015

पौडेल पार्टी सभापति बन्लान् त ?

ramchandra-poudeljpgदमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूmलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल तनहुँले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले आपूmले लामो समय पार्टीमा रही धेरै त्याग गरेकोे र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले दुई नेताले आपूmलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुशीलजी सभापति र प्रधानमन्त्री दुवै भइसक्नुभयो, शेरबहादुरजी तीन पटक प्रधानमन्त्री भइसक्नुभयो, त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।”

तीन शीर्ष नेताले अब सल्लाहकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयोे, “त्यसो भए म नै नयाँ हुँ, एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ ।”

पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने जिकिर गर्दै वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...