Thursday, November 26, 2015

जुवाडे पक्राउ

juwaaधनगढी, १० मङ्सिर । कैलाली जिल्लाको पूर्वी सीमा क्षेत्र चिसापानीको एक होटेलबाट प्रहरीले २९ जना जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले चिसापानीस्थित पेराडाइज नामको होटेलमा जुवातास खेल्ने गरिएको सूचनाका आधारमा गएराति गएको प्रहरी टोलीले होटेल सञ्चालक मुकेश शाहसहित कैलाली, बर्दिया र बाँके जिल्लाका २९ जनालाई जुवातास खेलिरहेका अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

जुवाखालमा रहेको नगद रु १४ लाख २९ हजार २९५ समेत बरामद गरिएको छ । पक्राउ परेकालाई आजै अपराह्न जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

जिल्लाको सदरमुकाम धनगढीबाट करिब ८५ किमी दूरीमा कर्णाली नदी छेउको पर्यटकीय क्षेत्र चिसापानी जुवातास खेल्नका लागि गोप्य ठाउँका रुपमा लिइने गरिएको बताइन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...