Sunday, November 1, 2015

ओबामाले तीन कक्षा कि नेपाली मुलकी बिद्यार्थी ढकाललाई प्रसंसा गर्दै पत्र लेखे

20151031_152329अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको सिल्भर स्प्रिङ्ग्समा बसोबास गर्दै आएकी नेपाली मुलकी ३ कक्षाकि ९ बर्षीय बिद्यार्थी साम्राज्ञी ढकाललाई अमेरिकाका राष्ट्रपति बराक ओबामाले पत्राचार गर्दै उनले गरेको कामको प्रसंसा गरेका छन् l

ओबामाले म्यारिल्याण्ड मन्टगोमेरी काउन्टी कि ३ कक्षाकि ढकाललाई प्रत्येक दिन आफु युवा अमेरिकन जस्ले आफ्नो क्षमता पहिचान गरि सकारात्मक परिवर्तन ल्याउदछ त्यो साहसी र प्रेरक कार्यहरूले आफुलाई उत्प्रेरित हुन्छु भनि पत्रमा उल्लेख गरेका छन् l

राष्ट्रपति ओबामाले साम्राज्ञी ढकाललाई तिमि जस्ती युवा भोलिका नेतृत्व हौ l र ,तिमीले मलाई भबिस्यको लागि ठुलो आशा दिएको पत्रमा उल्लेख गर्दै ९ बर्षीय बालिकालाई सफलताको कामना गरेका छन् l

स्थाई आवासीय पत्र (ग्रिन कार्ड ) प्राप्त गरेकी बालिका ढकालले भूकम्प पिडितहरुको लागि व्यक्तिगत रुपमा र आफु अध्ययनरत बिद्यालयबाट चन्दा संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन l

उनले स्वयम अमेरिकि राष्ट्रपति बराक ओबामालाई पत्राचार गरेकी थिइन् भने गत अक्टोबर २१ तारिखमा उनलाई बराक ओबामाले पत्राचारको साथमा आफु ,प्रथम महिला मिसल ओबामा तथा छोरीहरुको पारिवारिक सामुहिक तस्बिर सहित उपहार पठाएका थिए l

साम्राज्ञी ढकालले नेपालमा भूकम्पमा आफन्तहरु कसरि बाच्न सफल भए र कसरी उनीहरु घरबार बिहिन भए भनि आफ्ना बिद्यालयका साथीहरुलाई वृतान्त सुनाए पछि वाशिंगटन पोस्ट ,सीएनएन तथा अन्य स्थानिय संचार माध्यममा उनि छाएकी थिइन l साढे चार बर्षमा नेपाल बाट अमेरिका आएकी साम्राज्ञी ढकाल भर्खर ४ कक्षामा पुगेकी उनका पिता हेम ढकालले बताए l

Obama and Family Photo (1)-page-002 Letter From Obama-page-001

20150517_211020

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...