Sunday, November 1, 2015

झापामा बढ्ला त धान उत्पादन ?

Dhanकाँकडभिट्टा (झापा), १५ कात्तिक । गत वर्षको तुलनामा यस वर्ष झापामा धानको उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

कार्यालयले किसानका लागि उन्नत जातको बीऊ वितरण गर्नु र समयमै रासायनिक मल पर्याप्तरुपमा कृषकले पाएका कारण पनि धान उत्पादन बढ्ने कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईले बताउनुभयो । जिल्लामा कूल खेतीयोग्य जमीनमध्ये ८३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको र ७५ प्रतिशत किसानले उन्नत जातको बीऊ रोपेकाले पनि धानको उत्पादन बढ्ने भएको हो ।

अन्तर्राष्ट्रिय धानबाली विकास कार्यक्रमको सहयोगमा जिल्ला कृषि विकास कार्यलयले उन्नत जातको धानको बीऊ वितरण गरेको थियो । यो वर्ष किसानले साम्वा मसुली, स्वर्णसव एक, स्वर्णसव तीन, सुख्खा एक, सुख्खा तीन र सर्नालगायतका उन्नत जातको धानको बीऊ बढी मात्रमा रोपेका छन् ।

गत वर्ष जिल्लामा तीन लाख ४१ हजार ५४० मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष पाँच प्रतिशतले वृद्धि हुने प्राविधिक सहायक भट्टराईको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...