Sunday, November 1, 2015

अवैध मुद्रासहित भारतीय पक्राउ

pakraauकावासोती, १५ कात्तिक । बाह्र देशका ‘अवैध मुद्रा’सहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरले एक भारतीयलाई पक्राउ गरेको छ ।

सीमा सुरक्षा कार्यालय बेलासपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलको नेतृत्वमा खटिएको टोलीले रामग्राम नगरपालिका –७ उजैनीचोकमा परासीबाट महेशपुरतर्फ जाँदै गरेको लु१९प १५७१ नंको मोटरसाइकलमा सवार भारत महाराजगन्जग्राम राजावारी बस्ने २० वर्षीय गुड्डु गुप्तालाई पक्राउ गरेको हो ।

कम्मरमा लुकाइएको वस्तु देखेर शङ्का लागी गए राति ९ बजे जाँच गर्ने क्रममा १२ देशको अवैध मुद्रा भेटिएकाले उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरका प्रहरी नायब उपरीक्षक पञ्चराम चौधरीले जानकारी दिनुभयो ।

अभियुक्त गुप्ताका साथबाट भारु तीन लाख ६ हजार ८००, अमेरिकी डलर दुई हजार ३८६, ओमानी रियल ३१७ र कुवेती दिराम ६०० बरामद गरिएको छ ।

यस्तै साउदी रियल दुई हजार ४८५, जापानी यान एक लाख १० हजार, थाई भाट ३९०, युएई डलर दुई हजार ६३०, कतारी रियल ६७१, युरो ४७०, हङकङ डलर ६०० र नेरु २३० बरामद गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...