Sunday, November 1, 2015

सञ्चारगृहमा तेत्तीस प्रतिशत महिला पत्रकार माग

imagesकाठमाडौँ, १५ कात्तिक । सभामुख ओनसरी धर्तीले पहिलो महिला सभामुख बन्नका लागि नेपाली जनताको विश्वास र महिलाको शुभेच्छाले सम्भव भएको बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिला (डब्ल्युडब्ल्युजे)का पदाधिकारी तथा सदस्यद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको इतिहासमा लैङ्गिक समताको सुरुआत उच्च पदमा महिला निर्वाचित भएर प्रारम्भ भएको छ, यसलाई आगामी दिनमा निरन्तरता हुने गरी काम गर्नु अब मेरो दायित्व बनेको छ ।”

महिलाले केही गर्न सक्दैनन् भन्नेलाई चुनौती दिँदै नेपालमा राष्ट्रपति र सभामुखजस्ता प्रमुख संवैधानिक पदमा निर्वाचित हुनु सफलता भए पनि अब यसलाई सफल बनाएर देखाउने चुनौती आएको उहाँले बताउनुभयोे ।

सो अवसरमा डब्ल्युडब्ल्युजेका अध्यक्ष शुभेच्छाविन्दु तुलाधरले नेपाली पत्रकारिता क्षेत्रमा महिलाले भोग्नुपरेका समस्या समाधानसम्बन्धी १२ बुँदे ज्ञापनपत्र हस्तान्तरण गर्दै समाधानको पहल संसदबाटै गरिदिन माग गर्नुभयो ।

“राज्यका सबै संयन्त्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता गराउने राज्यको प्रतिबद्धता अनुरुप नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासङ्घ, निजी, सार्वजनिक तथा सरकारी सञ्चारमाध्यमका निर्णायक तहमा कम्तीमा ३३ प्रतिशत पत्रकार महिलाको सहभागिता सुनिश्चित गरिनुपर्छ भन्ने मुख्य माग राखेका छौँ,” उहाँले भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...