Sunday, November 29, 2015

काठमाडौँमा परकम्प

vukampaकाठमाडौँ, १४ मङ्सिर । आज बिहान ६ बजेर १० मिनेट जाँदा ४.१ रिक्टर स्केल म्याग्नेच्यूटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्रविन्दु बनाएर गएको परकम्प राजधानीवासीले महसुस गरेका थिए ।

गत वैशाख १२ गते गएको ‘गोरखा’ भूकम्पको परकम्प अझै गइरहेका छन् । यसअघि शुक्रबार पनि काभ्रेलाई केन्द्रविन्दु बनाई ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।

वैशाख १२ गतेपछि अहिलेसम्म चार रिक्टर स्केलभन्दा माथिका ४१४ वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...